arrow

राष्ट्रपतिका उम्मेदवार ट्रम्पले गरे आफ्नो नीतिको बचाउ

logo
प्रकाशित २०७३ असार ४ शनिबार
donald.jpg.jpeg
होस्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका  डोनाल्ड ट्रम्पले यसअघिदेखिको आफ्नो घोषित नीतिको बचाउ गरेका छन्  । ट्रम्पले अमेरिकी नागरिकले लाइसेन्सप्राप्त हतियार राख्न पाउने भनी यसअघिदेखि गर्दै आएको दाबीको शुक्रबार पनि बचाउ गरेका छन् । 
 
साथै उनले होस्टनमा शुक्रबार रिपब्लिकनले निकालेको र्यालीमा आफ्नो यसअघिको अध्यागमनसम्बन्धी नीतिको पनि बचाउ गरे । यसअघि ट्रम्पका यी दुई वटा नीतिको व्यापक मात्रामा आलोचना हुदै आएको थियो । वर्तमान राष्ट्रपति बाराक ओबामाले सबै अमेरिकी नागरिकको व्यक्तिगत हतियार राख्न पाउने अधिकारको कटौती गरिनुपर्ने नीति ल्याउन निकै पहल गरेका छन् । 
 
फ्लोरिडा राज्यमा हालै भएको बन्दुककाण्डपछि पनि ट्रम्पले आफ्नो नीतिको बचाउ गरेका हुन् । उनले यदि त्यो रात्रि क्लबका सञ्चालकहरुसँग नै आवश्यक मात्रामा हतियर भइदिएको भए त्यो नरसंहार हुन पाउदैनथ्यो भनेको समाचारमा जनाइएको छ । 
 
साथै उनले आफ्नो अध्यागमनसम्बन्धी मेक्सिकोसँगको सीमानामा पर्खाल निर्माण गर्नुपर्छ भन्ने नीतिको पनि बचाउ गरेका छन् । उनले भने – म मेरो पुरानै नीतिमा अडिग छु, मेक्सिकोसँग पर्खाल निर्माण गर्नैपर्छ र यदि त्यसो गरियो भने मात्र अमेरिका हत्या, हिंसा र डकैतीका धेरै प्रकोपबाट बच्नसक्छ । 
 
त्यो पर्खाल लगाउनै आवश्यक छ र यदि कुनै दिन ती मेक्सिन वा अमेरिकीहरुले त्यो पर्खालको नाम नै ट्रम्प वाल भनेर राखेतापनि मलाई कुनै मतलव छैन । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ