arrow

हुप्सेकोटका मृगौला पीडित महतोलाई लण्डनमा बस्ने नेपालीको ३ लाख ७७ हजार सहयोग

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
sahayog-mrigula-pidit-nawal.jpg

नवलपरासी । हुप्सेकोट ०१ बेलुवाका १९ वर्षीय मृगौला रोगी चिन्तामणि महतोलाई लण्डनमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । लण्डनमा बस्दै आएका विभिन्न जिल्लाका ११३ जना नेपालीहरुले नगद ३ लाख ७७ हजार आर्थिक सहयोग गरेका हुन् । 

हुप्सेकोट ०१ बेलुवा घर भई हाल रोजगारीका लागि लण्डनमा बस्दै आएका एनआरएन युकेका सदस्य तथा नवलपुर जिल्ला समाज युकेका  संयोजक प्रकाश कंडेलले आर्थिक सहयोग संकलनको अगुवाई गरेका थिए ।

कंडेलद्वारा संकलित सहयोग रकम हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे तथा कंडेलका पिता समाजसेवी होमराज कंडेलले चिन्तामणि र उनको परिवारलाई हस्तान्तरण गरेका छन् । 

सहयोग हस्तान्तरण कार्यक्रम चल्दै गर्दा उपस्थित स्थानीयहरुले पनि महतोलाई थप ७ हजार आर्थिक सहयोग गरेका थिए । संकलित आर्थिक सहयोग हस्तान्तरण गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले लण्डनमा बस्ने नेपालीले मानवीयताको उच्च नमूना प्रस्तुत गरेको बताउँदै सहयोगी सम्पूर्णलाई धन्यवाद दिइन् । 

पाण्डेले महतोको उपचारका लागि सरकारी स्तरबाट हुन सक्ने सबै किसिमको सहयोगको सहजीकरण गर्ने बताउँदै तत्कालका लागि पालिकाको तर्फबाट १० हजार सहयोगको घोषणा गरिन् । 

कार्यक्रममा बोल्दै समाजसेवी कंडेलले महतोको आर्थिक अवस्था कमजोर रहेकाले उनको जीवन रक्षाका लागि सहयोग गर्न सम्पूर्णलाई अनुरोध गरे । सहयोग हस्तान्तरणका क्रममा हुप्सेकोट ०१ बेलुवाका जनप्रतिनिधि,समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

महतो बिगत २ वर्षदेखि मृगौला सम्वन्धी रोगबाट पीडित छन् । उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ