arrow

११७ वर्षे महिलाले जितिन् कोरोना

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
corona-recovery-rocord-117-.jpg

काठमाडौं । जन्म र मृत्युको लेखा भगवानले राखेका हुन्छन् भनिन्छ । त्यस्तै चमत्कार भएको छ फ्रान्सकी एक महिलामा । ११७ वर्षकी उनी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् । 

यसलाई चमत्कार नै मानिएको छ । ११७ वर्षे नन सिस्टर एन्ड्री संक्रमणबाट मुक्त भएकी हुन् । द गार्जियनका अनुसार एन्ड्री युरोपमा संक्रमणबाट मुक्त हुने सबैभन्दा बढी उमेरकी महिला हुन् । 

उनको जन्म सन् १९०४ मा भएको थियो । उनी भएको क्षेत्रमा ८८ जनालाई संक्रमण भएकामा १० जनाको ज्यान गएको थियो । 

तर भाग्यवश उनी बाँचिन् । उनले मिडियालाई भनेकी छिन्, ‘मलाई पत्तो नै भएन मलाई कोभिड–१९ लागेको थियो ।’

उनी दुई हप्ताअघि संक्रमित भएकी थिइन् । 

विश्वभर अहिलेसम्म १० करोड ७४ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तीमध्ये २३ लाख ५१ हजार भन्दा बढीको ज्यान गएको छ भने ७ करोड ९३ लाख बढीलाई निको भएको छ । 

फ्रान्समा ३३ लाख ६० हजार बढी संक्रमित हुँदा ८० हजार १५० जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ