arrow

भ्रष्टाचार नियन्त्रणमा कडा रूपमा अघि बढ्न राष्ट्रपतिको निर्देशन

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
bidhyadevi.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडा रूपमा अघि बढ्न निर्देशन दिएकी हुन् । 

उनले भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक रहेको भन्दै भ्रष्टाचार नियन्त्रण हुन नसके राज्यका स्रोतहरूको दुरुपयोग भई समग्र राज्य प्रणाली नै जर्जर हुने बताइन् । 

‘भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक छ, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन नसके राज्यका स्रोतहरूको दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर हुन पुग्छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन् ।

उनले राजनीतिक आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुनसक्ने गैर कानुनी विचलनलाई अन्त्य गर्दा मात्र भ्रष्टाचार न्यूनीकरण हुनसक्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ