arrow

राष्ट्रपति संस्था सम्माननीय छ तर त्यहाँको षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्दैन : रामकुमारी झाँक्री

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
ncp-program.jpg

काठमाडौँ । नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिएकी छिन् ।  नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरूको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको पनि स्पष्ट पारिन् ।

राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै विरोध भएकाबारे उनले राष्ट्रपति संस्था सम्माननीय भए पनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् ।

मुखमा टेप टाँसेर मञ्चमा देखिएकी उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहङ्कारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’

संविधानको चीरहरण गर्ने विरुद्ध बोल्न पाइने बताउँदै उनले नागरिकहरू सार्वभौम सम्पन्न भइसकेकाले बोल्ने अधिकारलाई कसैले कुण्ठित गर्न नसक्ने जिकिर गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ