arrow

अख्तियारको निबन्ध प्रतियोगितामा नम्रता पहिलो 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
namrata-poudel-kp-oli-ciaa-.jpg

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निबन्ध प्रतियोगितामा नम्रता पौडेल पहिलो भएकी छिन् । अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा सातवटै प्रदेश कार्यालयबाट आयोजित देशव्यापी रुपमा निबन्ध प्रतियोगितामा कञ्चनपुरको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत पौडेल पहिलो भएकी हुन् । 

पौडेल कक्षा ११ मा अध्ययनरत छिन् । त्यस्तै, यशोधरा माध्यमिक विद्यालय भोजपुरका कक्षा ११ अध्ययनरत लक्ष्मण दुलाल र कङ्काली नमुना माध्यमिक विद्यालय काठमामा कक्षा १२ मा अध्ययनरत पूजा सुवेदी दोस्रो भएका छन् । 

सेरन व्याली विद्यालय राप्तीका कक्षा ११ मा अध्ययनरत सुदीप रिजाल तेस्रो भएका छन् । 

उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ