arrow

सभामुखले समय नदिँदा मोर्चाका सांसदद्वारा नाराबाजी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
943319461.jpeg
काठमाडौं । व्यवस्थापिका संसदको आइतबार बसेको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले अवरुद्ध गरेपछि आगाम मंसीर १० गतेका लागि सरेको छ । 

बैठक शुरु हुनासाथ विपक्षी दलका कार्यवाहक सभापति रामचन्द्र पौडेलले विशेष समय लिएर आफ्नो धारणा राखेपछि मोर्चामा आबद्ध तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बोल्नका लागि समय मागेका थिए । तर सभामुख ओन्सरी घर्तीमगरले काँग्रेसमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीको जवाफ मागसहित उभिएर बसेकाले समय दिन नसक्ने बताएपछि मोर्चाका सांसदहरु नाराबाजीमा उत्रिएका थिए । उनीहरुले रोष्ट्रम घेराउसँगै नाराबाजी गरेका थिए ।

कार्यवाहक सभापति पौडेलले संविधान संशोधन विधेयक अघि बढाउन सरकारलाई आग्रह गरेका थिए । नाराबाजीमा मधेसी मोर्चालाई थरुहट तराई पार्टी लगायतका साना दलका सांसदले समेत साथ लिएका थिए । उनीहरुले सप्तरी घटना दोषीलाई कारबाही गर्नु पर्ने लगायतका माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ