arrow

न्यूयोर्कवाट इस्तामबुल जादै गरेको टर्किस एयरलाइन्सको बिमानमा बम रहेको आशंका , क्यानडामा आकस्मिक अवतरण

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1609255330.jpeg
न्यूयोर्क। बम रहेको धम्की पछि न्यूयोर्कवाट इस्तामबुल जादै गरेको टर्किस एयरलाइनसको बिमानले क्यानडामा आकस्मिक अवतरण गरेको छ । आइतवार टर्किस एयरलाइनसको ए३३० नम्बरको जेट बिमानमा बम रहेको जानकारी न्यूयोर्कवाट दिइएको थियो । उक्त बिमानलाई क्यानडा डायवर्ट गरेर  हेलिफेक्स बिमानस्थानमा अवतरण गरिएको हो। रसियन टेलीभिजनका अनुसार बिमानमा रहेका सबै यात्रुलाई सकुसल  निकालिएको छ । बिमानमा रहेको भनिएको बमको खोजि कार्य भइरहेको उक्त टेलिभिजनले जनाएको छ । 
 
अघिल्लो  हप्ता फ्रांसको  राजधानी पेरिसमा आतंककारी हमला भएपछि  यूरोप र अमेरिकामा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।यसै हप्तामा  न्यूयोर्क, मिस्र र लण्डनमा बिमान भित्र बम रहेको अफवाहले  बिमानहरु डाइवर्ट गरिएको थियो भने केहिलाई आकास्मिक अवतरण गर्नुपरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ