arrow

एमिली शृंखलाका दुई लोकप्रिय बालकथा 'कथालय इन्क'ले ल्यायो बजारमा

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
kathalaya-books.jpg

काठमाडौं । विश्वका उत्कृष्ट र रमाइला बालकथाहरु सार्वजनिक गर्दै आएको कथालय इन्कले दुई नयाँ बालकथा बजारमा ल्याएको छ ।कथालय इन्कले चर्चित शृंखला एमिली र खरायो शृंखलाका दुई पुस्तक नेपाली अनुवादमा बजारमा ल्याएको हो ।

क्रेसिडा कावल र निअल लेटनको ‘एमिली र खरायो’ र ‘एमिली र त्यो चिज’ दुवै कथाले बालबालिकालाई कल्पना र रोमाञ्चका बेग्लै दुनियाँमा पुर्‍याउँछ।

एमिलीको खरायो बेलायतको प्रतिष्ठित नेस्ले चिल्ड्रेन्स बुक प्राइज जितेको लोकप्रिय पुस्तक हो। साहस, बुद्धि र दयालु मनको कथा अनि डिटेलसहितका आकर्षक चित्र हेर्दै पढ्न चाहनेका लागि यी दुवै कथा उपयोगी छन्।

कथालय इन्कले रोचक कथा र लोभलाग्दा चित्रहरुले भरिएका बालसाहित्य प्रकाशन गर्दै आएको छ । 

इन्ककी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पछिल्लो पटक दुई बालकथा बजारमा आएको विज्ञप्तीमार्फत जानकारी दिएकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ