arrow

ब्राजिलमा स्वाइन फ्लूबाट ८८६ को मृत्यु

logo
प्रकाशित २०७३ असार ५ आइतबार
swine-flue.jpg.jpeg
ब्रासिलिया। ब्राजिलमा सन् २०१६ मा स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको समाचार छ । यो वर्षलागेपछि नै यस प्रकोप फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । उनीहरुका अनुसार यस सङ्क्रमणबाट यति छोटो समयमै त्यति धेरै नागरिक मारिएका बताइएको छ । 
 
ब्राजिलको स्वास्थ्य विभागले शुक्रबार प्रकाशन गरेको एक रिपोर्टमा त्यहाँ इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसबाट ती नागरिकको ज्यान गएको छ । उक्त प्रतिवेदनले ४५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिइएको पनि जनाएको छ । यो स्वासप्रस्वासमा हुने रोग हो । 
 
यस्तै प्रकारको तर स्वासप्रस्वासको अर्काे रुपका कारण पनि सन् २०१६ मा नै त्यहाँ अरु ९३ जनाको ज्यान गएको पनि प्राप्त सो रिपोर्टले जनाएको छ ।  यो दक्षिण अमेरिकी देशमा गएको हप्तामात्र पनि ६०० भन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन् । यसको संक्रमण दर निकै बढ्दै गएकोले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ ।  स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सबैतर्फ ध्यानाकर्षण पनि गराएको समाचारमा जनाइएको छ ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ