arrow

सचिव सरुवामा मनपरी, विचार नमिल्ने सचिवहरुलाई छानि छानि हुर्मत लिदै सरकार

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
SinghDurbar.JPG

काठमाडौं । नेपाल सरकारका सचिव गोपी मैनाली सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ओली खेमा पक्ष)सँग निकट मानिन्नन् । उनी लोकतान्त्रिक विचार बोक्ने सचिव भनेर चिनिन्छन् । त्यसैले ओली शासनमा सबैभन्दा बढी हुर्मत उनकै लिइएको छ । पछिल्लो एक वर्षभित्र मैनालीको ४ पटक सरुवा गरिएको छ ।

मैनालीको हुर्मत लिइएको पछिल्लो एक वर्षमा मात्र होइन । विगत दुई वर्षदेखि उनी एउटा कार्यालयमा ६ महिनाभन्दा बढी बस्न पाएकै छैनन् । पछिल्लो पटक उनी शिक्षा मन्त्रालयमा कार्यरत थिए । शिक्षा मन्त्रालयबाट मैनालीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयमा लगिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव सकेसम्म जान चाहन्नन् । सो कार्यालय उच्च कर्मचारीहरूकोलागि आकर्षक कार्यालय होइन । मैनाली शिक्षामा सरूवा हुनु अघि महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत थिए । महालेखा भन्दा पहिले उनी भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत थिए । भुमि व्यवस्थाबाट उनलाई महालेखा नियन्त्रकको कार्यालयमा लगिएको थियो ।

मैनाली निकट स्रोतका अनुसार आफूमाथि ओली सरकारले लगातार अपमान गरे पछि मैनाली राजिनामा गर्ने तयारीमा छन्। यद्यपि, सरकारले निर्णय अझै सार्वजनिक गरेको छैन। निर्णय सार्वजनिक हुने वित्तिकै राजिनामा गर्ने सोच मैनालीले बनाएको मैनाली निकट स्रोतले बतायो । 

नेपाली कांग्रेस निकट भनेर चिनिने सुरेश आचार्य पनि सरकारको लगातार पेलाइमा परेका छन् । हाल उनको सरुवा नेपाल ट्रष्टमा गरिएको छ । नेपाल ट्रष्टमा उच्च कर्मचारी सकेसम्म जान चाहन्नन । त्यहाँ सरुवा गरियो भने आफूलाई थन्क्याएको भनेर उनीहरु बुझ्ने गर्छन । आचार्यलाई पुननिर्माण प्राधिकरणबाट ट्रष्टमा लगिएको हो । पुननिर्माण प्राधिकरण पनि सचिवकोलागि आकर्षक कार्यालय होइन । 

नेपाल कम्युनिष्ट पार्टीसँग निकट नभएका भनेर टेकनारायण पाण्डेलाई पनि एक वर्षको अवधिमा ३ पटक सरुला गरिएको छ । पाण्डेलाई २०७६फागुनमा कर्णाली प्रदेशको प्रमुख सचिवमा नियुक्त गरिएको थियो । त्यसको ५ महिना पछि भूमि व्यवस्था मन्त्रालयमा लगियो । त्यहाँ पनि उनी धेरै बस्न पाएनन । ६ महिनाभित्रै उनको सरुवा युवा तथा खेलकुद मन्त्रालयमा भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत आयोगमा कार्यरत वेगेन्द्रराज शर्मालाई भूमि व्यवस्था मन्त्रालयमा लगिएको छ । शर्मा पनि कम्युनिस्ट निकट कर्मचारीको रुपमा चिनिन्नन ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुरेश अधिकारीलाई निर्वाचन आयोगमा लगिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र अधिकारी फुपु चेला मामा चेला हुन्। यसैगरि श्रम तथा रोजगार मन्त्रालयका सचिव तोयम रायालाई अख्तियारमा सरुवा गरिएको छ ।

सार्वजनिक खरिद अनुमगन कार्यलयमा कार्यरत सुर्यप्रसाद गौतमलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ । गौतम भाग्यमानी सचिव मानिन्छन् । सहसचिवबाट सचिवमा बढवा भएर पनि उनको पहिलो पोष्ट्रिङ काठमाडौ बाहिर भएन ।सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो पोष्टिङ काठमाडौं बाहिर गर्ने परम्परा छ । 

युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । सतर्कताका मणिराम गेलाललाई प्राधिकरणमा लगिएको छ । निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईलाई वित्त आयोगमा लगिएको छ । प्रदेश नम्बर १का प्रमुख सचिव दिनेश दिनेश भट्टराईलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । लोकसेवा आयोगमा कार्यरत अर्जुनप्रसाद पोखरेललाई वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई लोक सेवा आयोगमा लगिएको छ । ज्ञवाली यसअघि लुम्बिनी प्रदेशमा कार्यरत थिए । 

नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले कुन कर्मचारी कुन राजनीतिक विचारधारसँग निकट छ, त्यसको आधारमा सरकारले निजामती कर्मचारीहरुमाथि भेदभाव गर्ने गरेको बताए । ‘सत्तारुढ दलसँग निकट मानिएका कर्मचारीलाई आकर्षक र प्रभावशाली मानिएका कार्यालयमा लग्ने र अन्य सचिवहरुलाई पेल्ने काम उत्कर्षमा पुगेको छ’ पोखरेलले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ