arrow

समाजसेवी आचार्यको लगानीमा विपन्नलाई घर

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
bipanna-ghar.jpg

सर्लाही ।  समाजसेवी मनोज आचार्यले आफ्नो व्यक्तिगत लगानीमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, खाल्टेका एक विपन्न परिकारको घर निर्माण गरिदिएका छन् । सडक विस्तारका क्रममा घर भत्किएपछि बिचल्लीमा परेको आशादेवी साहको परिवारका लागि ईश्वरपुर नगरपालिकाकै भक्तिपुर निवासी समाजसेवी आचार्यले घर बनाइदिएका हुन् ।

जस्ताले छाएको तीन कोठे भुँई घर पाएपछि साह परिवार खुसी भएका छन् । बाटो बढाउँदा घर भत्किएपछि साह परिवारको बिजोक भएको देखेर आफूले घर बनाइदिएको समाजसेवी आचार्यले बताए ।

उनले बनाईदिएको घर मंगलबार पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा हस्तान्तर गरिएको हो । नयाँ घर पाएका साहको परिवारमा श्रीमान–श्रीमती र दुई छोरा छन् ।

 घर भएपछि अबदेखि पाउरोटी व्यवसाय गरेर गुजारा चलाउने आशादेवीले बताइन्  । समाजसेवी आचार्यले केही समय अघिदेखि विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

उनले विभिन्न स्वास्थ्य चौकी तथा क्वारेन्टाइनमा स्वास्थ्य सामग्री, क्लबहरुलाई खेलकुद सामग्री, रोगीलाई औषधोपचार खर्च प्रदान लगायत परोपकारी कामलाई निरन्तरता दिनु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ