arrow

सरकारमा आउन राप्रपालाई एमालेको निम्तो, मनस्थिति बनाउँदै थापा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2140708485.jpeg

काठमाडौं । एमालेले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई आग्रह गरेको छ ।

एमालेका अध्यक्ष केपी ओलीसहितको टोलीले विहिबार साँझ राप्रपा नेपालको केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर पार्टी अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो ।

एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिवद्धता जनाएको भेटमा सहभागी केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र सचिव प्रदीप ज्ञवाली सहभागी थिए । राप्रपा नेपालका तर्फबाट अध्यक्ष थापा, उपाध्यक्ष टङ्क ढकाल, धवलशम्शेर राणा सहभागि थिए ।

पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक शुक्रबार बस्ने भएको छ । बिहान ९ बजे बस्ने सो बैठकले अब बन्ने नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारेमा सैद्धान्तिक टुङ्गो लगाउने, मुलुकको पछिल्लो राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ