arrow

समृद्धालाई राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पुरस्कार

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७७ फागुन ६ बिहिबार
samriddha-kc-patrakar.jpg

कावासोती । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार’ यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई प्रदान गरिने भएको छ। 

राधा क्यान्सर सचेतना फाउन्डेसनको बिहीबार सम्पन्न बैठकले यस वर्ष परेका आवेदनहरु मध्येबाट पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरिएको फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले बताए । 

पुरस्कार पाउने पत्रकार केसी महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार हुन् । पुरस्कार यही फागुन ९ गते आइतबार बिहान ७ बजे कावासोती सिमलघारीस्थित बस्याल निवासमा विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा वितरण गरिने अध्यक्ष बस्यालले बताए  ।

वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन् । 

राधाको निधन पश्चात फाउन्डेसनलाई राधाका भाइ पत्रकार प्रकाश बस्यालले अगाडि बढाइरहेका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ