arrow

टीकाथली सानागाउँमा संगीतकार तथा गायक डेनी निरौलाले खोले संगीत घर 

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
saru_sangit_ghar.jpg

ललितपुर । संगीतकार तथा गायक डेनी निरौलाले ललितपुर टीकाथली स्थित सानागाउँमा ‘लोकप्रिय सरु संगीत घर’ सञ्चालनमा ल्याएका छन् । सरस्वती पूजाका अवसर पारेर उक्त संगीत घरको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले उदघाटन गरे । 

संगीतकार एवं संगीत घरका सञ्चालक डेनी निरौलाका अनुसार संगीत घरमा अहिले गायन र बाद्यबादनका कक्षाहरु सञ्चालन गरिने छ ।

स्थानीय भाका, गायन र बाद्यबादनको अध्ययन गरेर प्रशिक्षण गराउँदै लैजाने, नृत्य तथा अभिनयका कक्षाहरु थप्ने आगामी योजना रहेको निरौलाको भनाइ छ ।

उदघाटन कार्यक्रममा डा. कमल पौडेल, भौतिक योजना मन्त्रालयका शाखा अधिकृत मोहन चापागाई, पूर्व बैंकर तथा सामाजिक अगुवा सूर्य बस्नेत, अभिनेता गजित विष्ट, पत्रकार चन्द्रमणि भट्टराईलगायतको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ