arrow

परीक्षा हलमा टिकटक बनाउने शाही, निरीक्षकलाई तीन वर्षसम्म प्रतिबन्ध

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
exam-koriyen.jpg.jpeg

दुल्लू । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।

आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र  शाहीलाई  राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ ।

 विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।  

त्यसै गरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रूपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ