arrow

आइपिएलमा बिकेनन् सन्दीप

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
sandeep7.jpg

काठमाडौँ ।  सन् २०२१ को इन्डियन प्रिमियम लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा परेनन्। भारतको चेन्नईमा आइपिएलको बिहीबार भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका छन्  ।

आइपिएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपिएलको कुनै पनि टोलीले रुचि देखाएनन् ।

लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । उन त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा  दिल्लीको टोलीमा रहेका लामिछानेलाई फुकुवा गरेपछि उन यस पटक अक्सनमा सहभागी भएका हुन् ।

सन् २०१८ को आइपिएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ