arrow

प्रजातन्त्र भनेको निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र होइन : पूर्वराजा ज्ञानेन्द्र

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरुको शासन प्रणाली मात्र नभएको बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सामाजिक जीवन पद्धति र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट बताएका हुन् ।

उनले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ भन्दै यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भनेका छन् । शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै यसको अस्तित्व रक्षा पनि सहमतिबाटमात्रै हुने बताए । 

उनले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

‘प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरुप नेपालमा प्रजातान्त्रिक विधिव्यवहार अघि बढोस् भन्ने हामी सबैको आकांक्षा हो । प्रजातन्त्रप्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौं,  ग्रस्त छौं,' सन्देशमा भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ