arrow

उत्तरी रसियामा डुङ्गा दुर्घटनामा बाह्र जनाको मृत्यु

logo
प्रकाशित २०७३ असार ६ सोमबार
ClT4cZkWQAAGxHA.jpg.jpeg
मस्को। रसियाको उत्तरी भूभागमा अवस्थित एक तालमा दुई डुङ्गामा यात्रारत् ११ बालबालिकासहित १२ जनाको तालमा डुबेर मृत्यु भएको रसियाली अधिकारीले बताएका छन् । 
 
रातिको समयमा गृष्म ऋतुको शिविरमा गएका बालबालिका स्यामोजिरो तालमा डुबेका रसियाली समाचार संस्थाले जनाएको छ । 
 
मस्कोबाट एक हजार किलोमिटर उत्तरस्थित करेलिया क्षेत्रमा रहेको उक्त तालमा भएका डुङ्गा दुर्घटनामा यात्रारत ३६ जनालाई घटनापछि सुरक्षित उद्धार गरिएको छ । 
 
मृतकमध्ये १० जना बालबालिका राजधानी मस्कोबाट गृष्मकालीन बिदा मनाउन त्यहाँ पुगेका थिए । उनीहरु १२–१५ वर्ष उमेर समूहका रहेका बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ