arrow

देशमा अहिले सिर्जना भएको परिस्थितिले सबै चिन्तित : मुख्यमन्त्री राउत

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
lalbabu2.JPG

जनकपुरधाम। प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधानमा रहेका केही त्रुटिलाई सच्याएर सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गराउनुपर्ने बताएका छन् ।

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा आइतबार मधेस भवनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानमा मतभेद रहेकै बेला देशमा अहिले सिर्जना भएको परिस्थितिले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता लगायतका उपलब्धि प्राप्त गर्न बलिदान दिने योद्धाहरू र उनका परिवारहरू चिन्तित बनाएको बताए ।

मुख्यमन्त्री राउतले भने, ‘यो मुलुक सबैका लागि हो, सबैले स्वतन्त्रताको अनुभूति गर्न पाउनुपर्छ ।' संसद् विघटनप्रति लक्षित गर्दै उनले भने, 'अहिले सबैको ध्यान सर्वोच्च अदालततिर रहेको छ ।'

विशेष समारोह अघि प्रजातन्त्र दिवसको अवसरमा जनकपुरको जनक चोकबाट प्रभात फेरी निकालिएको थियो । तर त्यसमा जनता भने सहभागी देखिएन । प्रदेश सरकारले नै गरेको प्रभात फेरिमा मन्त्रीहरू पनि थिएनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र प्रभात फेरीमा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ