arrow

चीनमा अष्ट्रेलियाली पत्रकार चेन लेई पक्राउ 

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
cheng-lei-journalist-china.jpg

सिड्नी। चीन सरकारले आफ्नो राष्ट्रिय गोप्य सूचना बेचेको अभियोगमा अष्ट्रेलियाली पत्रकारलाई पक्राउ गरेको छ । चीनको सरकारी स्वामित्वमा रहेको टेलिभिजनमा कार्यरत अष्ट्रेलियाली नागरिक चेन लेईलाई चीन सरकारले पक्राउ गरेको हो । लेईलाई गैरकानुनी रुपमा चीनको राष्ट्रिय गोप्य सूचना विदेशी निकायलाई उपब्लध गरेको आरोप लगाइएको छ। 

पछिल्लो समय लेइले फेसबुक मार्फत कोभिड–१९ बिरुद्ध चीन सरकारको कदमबारे टिप्पणी गर्दै आएकी थिइन् । सन् २०१९ जनवरीमा जासुसी गरेको आरोपमा अर्का अष्ट्रेलियाली लेखक हान यान्जुनलाई पनि चीनमा पक्राउ गरिएको थियो । 

लेइको पक्राउबारे अष्ट्रेलियाली सरकार गम्भिर रहेको र उनको अबस्थाबारे बुझ्न सरकारी अधिकारीहरु गएको अष्ट्रेलियाकी विदेशमन्त्री मरिस पेनले बताएकी छन् । अष्ट्रेलीयाली सरकारले लेई बिरुद्धको कारबाहीमा अन्तर्राष्ट्रिय मापदण्डको आधारभूत न्याय, निष्पक्ष प्रक्रिया र मानवीय व्यावहारको अपेक्षा गरेको विदेशमन्त्री पेनले बताएकी छिन् । 

अष्ट्रेलिया र चीनबीचको कुटनीतिक सम्बन्धमा दरार आइरहेका बेला चीनले अष्ट्रेलियाली पत्रकारलाई निशाना बनाएको कतिपय विश्लेषकले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ