arrow

झापा पुगेर पूर्व रानीको जन्मोत्सव मनाउँदै पूर्व राजा ज्ञानेन्द्र शाह (तस्बिर)

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
king-gyanendra.jpg

काठमाडौँ । झापाको धुलावारी स्थित पाँच तारे होटल मेची क्राउन प्लाजामा पूर्व रानी कोमल शाहले आफ्नो जन्मदिन मनाएकी छन् । बुवा केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमलले ७०औँ जन्मोत्सव मनाएकी हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको प्रस्तावमा कोमलको जन्मदिन मनाउन पूर्व राजपरिवारका सदस्य झापा पुगेका छन् ।  पूर्व रानीको जन्मोत्सव कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, छोरा पारस शाह, बुहारी हिमानी, राप्रपाका नेता, राजपरिवारका सदस्य तथा भारतीय केही नेताहरूको उपस्थिति रहेको छ ।

देशमा राजनीतिक अस्थिरता बढी रहेको  बेला रानीको जन्मोत्सवलाई  रणनीतिक रूपमा प्रयोग गरेको कतिपयको बुझाइ छ । बिहीबार ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सामाजिक जीवन पद्धति र हरेक नागरिकमा असन्तुष्टि बढेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ