arrow

प्रदेश स्तरीय खुला नकआउट फुटबलको उपाधि झरनालाई

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
Jharana-club-football.jpg

मोरङ। शुन्दरहरैचामा जारी प्रथम प्रदेश स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक झरना युवा क्लब बिराटचोकले हात पारेको छ ।

सुन्दरहरैचा ९ स्थित रहेको इन्द्रपुर रङ्गशालामा शनिवार देखी जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रवार झरना युवा क्लब बिराटचोक र धरान सिटी फुटबल एकेडेमी बिच भएको फाइनल खेलमा झरनाले उपाधि चुम्न सफल भएको हो ।

गोल रहित बराबरीमा टुंगिएको खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो । दोस्रो हाफमा आयोजकका विजय भुजेल र धरानका तपन कार्कीले १–१ गोल गरेर खेल बराबरीमा टुङ्गाए पछि खेलले टाइब्रेकर बाटो रोज्नुपरेको थियो ।    

टाइब्रेकरमा ५-४ गोल अन्तरमा आयोजक झरना विजयी भएको हो । खेलको प्लेयर अफ दि म्याच आयोजकका मनोज राई घोषित भए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराको साथ झरना युवा क्लबले आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगितामा एक नम्बर प्रदेशका विभिन्न आठ टिम सहभागी रहेका थिए । 

प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख १ हजार १ सय ११ सहित शिल्ड र प्रमाण पत्र सहित प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ