arrow

किम कार्दशेनले दिइन् सम्बन्ध विच्छेदको निवेदन

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
kim-kardashian-kanye-west.jpg

काठमाडौं । चर्चित हलिउड मोडल किम कार्दशेनले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी छिन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार उनले र्यापर कान्ये वेष्टसँग सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी हुन् । 

सात वर्षअघि विवाह बन्धनमा बाँधिएका यिनीहरुका चार छोराछोरी छन् । वैवाहिक सम्बन्धमा अप्ठेराहरु आएपछि केही समयदेखि यिनीहरु छुट्टाछुट्टै रहँदै आएका थिए । 

किमले यसअघि उनका पतिमा मानसिक समस्या रहेको उल्लेख गरेकी छिन् । किम सन् २००७ मा इ ! टेलिभिजनको रियालिटी सिरिजबाट बढी चर्चित भएकी थिइन् । 

उनी मोबाइल एप्समार्फत पनि चर्चित छिन् । त्यस्तै कान्ये १५ वर्षदेखि विश्वको र्याप संगीतमा चर्चित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ