arrow

भारतको टी–२० टीमको घोषणा

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
virat-kohli3.jpg

काठमाडौं । इङ्गल्याण्ड विरुद्धको टी–२० सिरिज क्रिकेटका लागि भारतीय टिमको घोषणा गरेको छ । सिरिजका लागि १९ खेलाडीको नाम घोषणा भएको हो । मुम्बई इन्डियन्सका सूर्यकुमार यादव पहिलो पटक भारतीय टिममा परेका छन् । 

त्यसैगरी विकेटकिपर इशान किशन र अलराउन्डर राहुल तेवतिया पनि सामेल भएका छन् । ऋषभ पन्त पनि टिममा समावेश भएका छन् । 

यस्तो छ १९ जनाको टिम–
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, शिखर धवन, श्रेयस अथ्यर, सूर्यकुमार यादव, हार्दिक पान्डेया, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर), युजभेन्द्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वासिङटन सुन्दर, राहुल तेवतिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप सैनी र शार्दूल ठाकुर रहेका छन् । 

चार खेलको टेष्ट सिरिजपछि भारत र इंगल्याण्डबीच १३ मार्चदेखि पाँच खेलको टी–२० हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ