arrow

डा.कोइरालाको चेतावनी: प्रधानमन्त्री ज्यू ! निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउनुहोस्

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
shaker2.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउन चेतावनी दिएका छन् ।

‘प्रधानमन्त्री ओलीले सुर्य चिन्ह देउ भन्दै निर्वाचन आयोग र संसद विघटनको पक्षमा फैसला गर भन्दै सर्वोच्च अदालतलाई थर्काउनु भएको छ’, कोइरालाले भने, ‘जनतालाई हामी चुनाव जित्छौ जित्छौ सेटिङले हामीलाई हराइदिए भने खबरदार हामी आन्दोलन गर्छौ भन्दै धम्क्याउनु भएको छ ।’

मोरङको सुन्दरहरैचामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. कोइरालाले यसले दुई तिहाइ मतले निर्वाचित प्रधानमन्त्री कति डराउनु भएको छ पुष्टि हुन्छ भने ।

आफू कमजोर भएपछि थर्काउने, धम्क्याउने तर्फ जो कोही तानाशाह लाग्ने गरेको उनको टिप्पणी छ । शक्तिशाली प्रधानमन्त्री कमजोर भएकोले साइबर सेनाको सहारा लिएको पनि उनले बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी विप्लवका केन्द्रीय सदस्य थानेश्वर दाहाल र पूर्व एमालेको जिल्ला कमिटि सदस्य थानेश्वर भट्टराईसहित २ सय ७६ जना अन्य पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ