arrow

निर्वाचनमा जाऔँ : कमल थापा

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
kamal-thapa_(2)1.jpg

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन्।  

मिडिया नेपालद्वारा आइतबार  दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न  राजनीतिक दलसँग आग्रह गरे ।

उनले भने, “ निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ  । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ ।  ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ  ।”

नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो ।  उनले संसद् विघटनसम्बन्धी  सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ