arrow

बन्यो वडा कार्यालय

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ फागुन ९ आइतबार
guradaha.jpg

गौरादह । झापाको गौरादह नगरपालिकाले वडा न २ को नवनिर्मित वडा कार्यालय भवन आइतबार उद्घाटन गरिएको छ ।  हिमाल चोक उत्तरी भागमा बनेको वडा कार्यालयको औपचारिक कार्यक्रमका बिच नगर प्रमुख रोहित कुमार साहले उद्घाटन गरे ।

प्रजिना कन्स्ट्रक्सन कम्पनी लिई. गौरादहले निर्माण गरेको उक्त कार्यालय भवन निर्माणमा गुणस्तरमा कुनै कमी नगरी निर्माण सम्पन्न गरिएको र उक्त भवन सुविधा सम्पन्न बनेको निर्माण कम्पनीका ठेकेदार तथा गौरादहका निर्माण व्यावसायिक जीवन राईले बताए ।   

गौरादह नगरको ७० लाख र जिल्ला समन्वय समितिको १५ लाख बजेट लगानी गरी जम्मा ८५ लाख लागतमा निर्माण सम्पन्न गरिएको उक्त ४ कोठे भवन आकर्षक र सुविधा सम्पन्न हुनुका साथै वातावरणीय दृष्टिकोणले स्वच्छ र  वातावरण मैत्री रहेको स्थानीयहरू बताउछ्न ।  नवनिर्मित भवनमा अध्यक्षको सचिवालय ,कार्यालय सचिवको कार्यकक्ष , दर्ता चलानी शाखा तथा प्राविधिक फाट गरी जम्मा ४ वटा सुविधायुक्त कोठाहरू रहेका छन् ।

 गत २०७५ साल असार ९ गते शिलान्यास गरी द्रुत गतिमा निर्माण सम्पन्न गरिएको यो वडा कार्यालय भवन कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर निर्माण गरिएको हो । करिब १ करोड १० लाख लागतमा गौरादह नगर अन्तरगत वडा न ३ मा निर्माण भई सञ्चालनमा रहेको वडा न ३ को कार्यालय भवन बराबरकै सुविधा सम्पन्न यो नवनिर्मित भवन  लागत दृष्टिकोणले अति नै सुलभ बजेटमा निर्माण सम्पन्न गरिएको पाइएको छ ।

आगामी दिनमा वडा कार्यालयका  सम्पूर्ण सेवा तथा सुविधा उपलब्ध हुने बताउँदै सेवाग्राहीहरू थप लाभान्वित हुने वडाध्यक्ष हेमन्त कार्कीले कार्यक्रमलाई सम्बोधनका क्रममा बताएका थिए ।सम्बोधनकै क्रममा आफू निर्वाचित भएर जनप्रतिनिधिको जिम्मेवारीमा आए पश्चात् आफू कुनै एक दलको मात्र जनप्रतिनिधि नभई सम्पूर्ण वडा बासिको साझा जनप्रतिनिधि रहेको अध्यक्ष कार्कीले बताए ।

नवनिर्मित कार्यालय भवन उद्घाटन पश्चात् आजै बिहान १० बजे बाट वडा कार्यालयका सम्पूर्ण सेवाहरू सुचारु गरिने वडा सचिव दिपा दाहालले बताइन । साथै यही फाल्गुन ११ गते मङ्गलवार वाट रास्टिय परिचय-पत्र वितरणका निमित्त तथ्याङ्क सङ्कलन कार्य सुरु गरिने जानकारी वडा कार्यालय बाट प्रकाशित सूचनामा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ