arrow

सत्ता पक्षको अनुपस्थितिमै प्रदेश १ मा पेस भयो अविश्वास प्रस्ताव

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
sherdhan-rai-1.jpg

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा बैठकमा अविश्वासको प्रस्ताव पेस भएको छ ।  सो बैठक नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली निकट पक्षका मुख्यमन्त्री शेरधन राइको समूहले भने बहिष्कार गरेको छ ।

सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आइतबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा नेकपाको दाहाल-नेपाल समूहले दर्ता गराएको अविश्वास प्रस्ताव पेस भएको हो । बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेस गर्दै सो प्रस्तावबारे प्रकाश पारेका थिए ।

सरकार पक्षीय सांसद र मन्त्रीहरू अनुपस्थित भएपछि सभामुख भण्डारीले अविश्वासको प्रस्ताव पेस भएपछि २० फागुनसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रदेश-१ को सदनमा सरकारको सहभागिता बिना नै प्रदेश सभाको बैठक बसेको यो पहिलो घटना हो । प्रदेश सभा नियमावलीमा बैठक सञ्चालन गर्दा मन्त्री उपस्थित हुनुपर्ने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ