arrow

मेयर कपको सेमिफाइनल समीकरण पुरा, अन्तिम क्वार्टर फाइनलमा निजगढ युवा क्लब विजयी

logo
नवराज चौलागाईं,
प्रकाशित २०७७ फागुन ९ आइतबार
mayour-cup.JPG

निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकारण पुरा भएको । आइतबार अन्तिम क्वार्टर फाइनलको खेल सम्पन्न भएसँगै तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो ।
           
आइतबार सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा बाघ भैरव युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लब ए प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निजगढ युवा क्लवको जितमा खेलको २३ औ मिनेटमा समीर कुमारले गोल गर्दै टिमलाई अग्रता दिलाए । बाघ भैरवमाथि निरन्तर आक्रमण गरिरहेको निजगढ युवा क्लबका समीर तामाङले ३९ औ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

१ मिनेट पश्चात् नै समीर तामाङले नै गोल गर्दै टिमलाई ३-० को अवस्थामा पुर्‍याए । पहिलो हाफमा ३-० ले अघि रहेको निजगढ युवा क्लबले दोस्रो हाफमा पनि गोलको थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । ७६ औ मिनेटमा बाघ भैरवले मैदानको मध्य भाग बाट प्राप्त गरेको फ्रिकिक मार्फत मनोज खड्काले गोल गर्दै खेलमा फर्कने सङ्केत दिलाएका थिए । तर थप गोल गर्न नसक्दा खेल निजगढ युवा क्लबको पक्षमा गयो ।

 खेलमा बाघ भैरव युवा क्लबका कप्तान प्रशान्त राउतले पहेँलो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लब ए का जन्म जय धामी भए । प्रतियोगिता अन्तर्गत सोमबारबाट सेमिफाइनलका खेलहरू हुनेछ । सोमबार हुने पहिलो सेमिफाइनलमा योङ्गस्टार युवा कलव र सिंगौल फुटबल क्लब ए बिच प्रतिस्पर्धा हुनेछ । योङ्गस्टारले पहिलो चरणमा चौतारा युवा क्लबलाई पराजित गरेको थियो भने क्वार्टर फाइनलमा एफसी कोलगाउलाई पराजित गर्दै  सेमिफाइनलमा प्रवेश गरेको हो ।।

 तेसैगरी सिंगौल फुटबल क्लब ए ले पहिलो चरणमा शान्तीटोल युनाईटेड र क्वार्टर फाइनलमा निजगढ सिटी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सहिद हिरालाल रंगशालामा दिउसो २ः३० देखि सुरु हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ