arrow

नेपालीलाई ‘ओला नमस्ते’

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
portugal1.jpg

पोर्चुगल । नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ ।
    
कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो  । साधारण सभाले समाजको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो ।

सो अवसरमा आदर्श सेवा समाज अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनिस भाषा सिक्न चाहने नेपालीलाई सहयोग पुर्‍याउने ध्येयले पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

समाजले रु १३ लाखको अक्षयकोष सञ्चालन गर्नुका साथै पोखरा महानगरपालिकासँग सहकार्य समेत गर्दै आएको छ ।  पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ