arrow

दश लाख भारुसँगै समातिएका खान सार्वजनिक, तीन जना चितुवाको छालासहित पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०७७ फागुन १० सोमबार
khan-pakrau.jpg

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज भन्सारबाट आइतबार नेपालगन्ज भन्सारबाट दश लाख भारुसहित पक्राउ परेका भारतीय नागरिक सार्वजनिक गरेको छ । बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले दश लाख भारु रुपैयाँसहित पक्राउ पर्नेमा भारतको दिल्लीमा बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खान रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

 आइतबार दिउँसो नेपालगन्जको भन्सार चेकपोस्टमा चेक जाँचका क्रममा सशस्त्र प्रहरी जमुनहा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढा र नेपाल प्रहरीका प्रहरीका नायब निरीक्षक भीम बहादुर खड्काको संयुक्त टोलीले खानलाई ३ बजेर ४० मिनेटमा पक्राउ गरेको एसपी रानाका बताएका छन् ।

एसपी रानाका अनुसार खानको साथबाट २ हजार दरको नोट तीन थान र ५ सय दरका नोट १९८८ थान गरी जम्मा दश लाख भारतीय रुपैयाँ बरामद गरिएको जानकारी दिएका छन्। पक्राउ परेका खान एक मजदुरी गर्ने व्यक्ति भएकोले त्यति ठुलो परिमाणमा किन नेपाल ल्याएको भन्ने बारेमा विशेष गहिरो अनुसन्धान गरिरहेको एसपी रानाले भने। दश लाख रुपैयाँको बारेमा सबै अनुसन्धान गरिसकेपछि मात्र ठोस निर्णयमा पुगिने एसपी रानाले भने ।

त्यस्तै जिल्ला प्रहरीले पत्रकार सम्मेलनमा २ थान चितुवाको छाला ओसार पसार गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार राप्ती सोनारी १ कुसुम सडक खण्डबाट चितुवाको छालासहित बाघचौर ३ चौरपानी सल्यानका ३१ वर्षका जित बहादुर डिसी , कुमार गाउँपालिका ३ मर्म पोडिकारा सल्यानका २४ वर्षका हिमेंद्र वली र कुमार गाउँपालिका ७ जिमाली सल्यानका २१ वर्षका कमल डिसीलाई इलाका प्रहरी कोहलपुरले विशेष सूचनाका आधारमा आइतबार राती १० बजे पक्राउ गरेको जानकारी दिएको छ।

 चितुवाको छालासहित पक्राउ परेना तिनै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ। यसै गरी आइतबार राती नै नेपालगन्ज २ बौद्ध टोलबाट वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डको टोलीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी दिएको छ।

 पक्राउ परेको जुवाडेहरूको साथबाट १ लाख ५० हजार १६५ नगद बरामद गरेको हो। पक्राउ परेका जुवाडेहरूलाई फौजदारी ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ। त्यस्तै आइतबार बिहान प्रहरीले नरैनापुर गाउँपालिका ४ जयरामपुर्वाबाट अवैध ९ सय किलो कुखुरासहित १ जना नेपाली र २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। पक्राउ परेका कुखुरासहित तिनै जना आवश्यक कारबाहीको लागी पशु क्वारेनटाइनमा पठाई सकेको प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ