arrow

जन चासो

प्रधानसेनापतिले किन भेटे प्रधानन्यायाधीश ?

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
purnachandra-cholendra.jpg

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न सर्वोच्च अदालत गएका छन् । संसद विघटनपछि सर्वोच्च अदालतमा विघटनको विरुद्ध परेका रिट उपरको बहस सकिएका बेला प्रधानसेनापति र प्रधानन्यायाधीश बिच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तर सेनाले भने प्रधानसेनापति सर्वोच्चको पछाडि रहेको क्याभीलरी गणको जग्गाका विषयमा कुराकानी गर्न प्रधानन्यायाधीशलाई भेटेको बताएको छ । सर्वोच्चले ९ रोपनी जग्गामा हालको भवन पछाडि नयाँ भवन बनाउँदै छ ।

‘सर्वोच्च अदालत पछाडि सेनाले भोग चलन गर्दै आइरहेको जग्गा छ, सो जग्गामा अहिले क्याभीलरी गण छ, त्यहाँ अहिले सर्वोच्चको नयाँ भवन बन्दै छ, त्यही विषयमा प्रधानसेनापति छलफलका लागि जानु भएको हो,’ सैनिक जनसम्पर्क निर्देशनालयले हाम्रा कुरासँग भन्यो ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला भएको भेटलाई सबैले चासोका साथ हेरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ