arrow

दयाहाङ र प्रकृतिको बिहे पास, कलाकार खोज्दै

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
ba-pass.JPG

काठमाडौं । चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको ‘बिहे पास’ फिल्मले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

निर्देशक पौडेलका अनुसार फिल्मका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०,२६,४०,५० र ६७ बर्षका ५ जना नारी कलाकारको आबश्यकता रहेको छ । स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउने प्राबधान राखिएको निर्माण संस्थाले जनाएको छ ।

 अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी,ग्वार्को,ललीतपुरमा हुनेछ । अडिसनबारे केही बुझ्नु परेमा ९८६९८६२१२७ र इमेल– nfccfilm@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल,सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजीक बिषयमा निर्माण गर्न लागीएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ