arrow

भैरहवाको कान्छी तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्युआर भुक्तानी सेवा सुरु

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
nabil-bhairahawa-qrcode.jpg

रुपन्देही। नबिल बैङ्कले भैरहवा कान्छी तरकारी-फलफूल बजारमा क्युआर भुक्तानी सेवाको सुरु गरेको छ। सोमबार दिउसो नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुञयालले फलफूल खरिद गरी क्युआर कोड मार्फत भुक्तानी गरी नबिल बैङ्कको क्युआर भुक्तानी सेवा सुरु गरेका हुन्। अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैङ्किङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी-फलफूलको रकम भुक्तान गर्न सक्नेछन्।

क्युआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुञयाल, नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने, नबिल बैङ्कका लुम्बिनी प्रदेशका प्रमुख यज्ञ प्रसाद शर्मा, नबिल बैङ्क भैरहवा शाखाका प्रबन्धक लीलाप्रसाद ओझा नबिल बैङ्कका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधु जङ्ग कार्की र उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक सहानीको उपस्थिति थियो।

उद्घाटनमा नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय भैरहवाका निर्देशकले विभिन्न तरकारी-फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैङ्किङको क्युआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्युआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ। छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरू यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन्।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यास लेस कारोबारलाई बढवा दिनका लागि नबिल बैङ्कले सन् २०२० को मार्चदेखि क्युआर कोड भुक्तानी सेवा सुरु गरेको थियो। साथै नबिल बैङ्क भैरहवा शाखाको पहलमा वर्ल्डलिङ्क नेपालले भुक्तनी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ। अहिले बैङ्कको साथमा देशभर दुई हजार भन्दा बढी क्युआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरू रहेका छन्। यो बढ्दो क्रममा रहेको बैङ्कले जनाएको छ। नबिल बैङ्क नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो। नयाँ प्रविधि अपनाउने र नवीन प्रडक्टका साथै सेवाहरू सुरु गर्ने काममा नबिल सधैँ नै अगाडि रहेको छ। 

नबिल बैङ्कले कोभिड महामारीकै बिचमा नबिल डिजी बैङ्क स्थापना गरेर उपभोक्ताको हरेक कामहरूलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ। बैङ्कले ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न डिजिटल मार्गहरूको अन्वेषण गर्दै छ। बैङ्कले मुलुकको पहिलो डिजिटल बैङ्क बन्ने लक्ष्य राखेको छ। 

नबिल डिजी बैङ्कले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरू क्रमिक रूपमा अगाडि बढाएको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ