arrow

भारतको सहयोगमा धापासी विद्यालय पुनःनिर्माण

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
india-reconstruction-help.jpg

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले सघाउ पुर्याउँदै आएको छ । उक्त क्रममा काठमाडौंको श्री धापासी माध्यमिक विद्यालयको पनि भारतले पुनःनिर्माण गरिदिने भएको छ । 

२०७२ सालको गोर्खा भूकम्पपछि भारत सरकारले नेपालका ६४ विद्यालयका भवन पुनःनिर्माण गरिसकेको छ । ६५ औं विद्यालयको रुपमा धापासी माध्यमिक विद्यालय रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतको अनुदानमा बन्न लागेको भवनको शिलान्यास गरेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा भारतले अहम् भूमिका निर्वाह गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ