arrow

कांग्रेस नेता एकनाथ रानाभाटको अन्त्येष्टि, सिटौला, शशाङ्क पुगे देवघाटमा

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
eknath-ranabhat.jpg

चितवन । पूर्व सांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा मङ्गलवार अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो ।
 
रत्न नगर नगरपालिका–१४ पिठुवा निवासी उनको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनको अन्त्येष्टिमा देवघाटमा नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत काँग्रेसका नेता तथा कार्यकर्ता, नेपाल कम्युनिस्ट पार्टी, राप्रपालगायतका पार्टीका जिल्लाका विभिन्न तह र तप्काका नेता एवं निवर्तमान सांसदको उपस्थिति रहेको थियो ।
 
अन्त्येष्टि पूर्व रानाभाटको पार्थिव शरीरलाई काँग्रेसको पार्टी कार्यालय कमल नगरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनी २०५६ सालमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

विसं २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाट खोलामा जन्मिएका उनी काँग्रेस चितवनका पूर्व सचिव, सुकुम्वासी समस्या समाधान आयोग रुपन्देहीका पूर्व अध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्व उपाध्यक्षलगायत विभिन्न पदमा  कार्य गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ