arrow

संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज : गगन थापा

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
gagan-thapa14.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गरिदिएको बताएका छन् । 

मंगलबार साँझ सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला सुनाएपछि सामाजिक संजालमा प्रतिक्रिया दिंदै थापाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताएका हुन् ।

थापाले लेखेका छन् ‘हामी सवैलाई बधाई ! संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

संसद विघटनविरुद्ध खरो रुपमा उभिदै आएका थापाले दुईदिन अघिमात्र ‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो । अदालतले विना भय संविधानसम्मत निर्णय गरोस्’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ