arrow

अदालतले निष्पक्ष, स्वतन्त्र रूपमा निर्णय गर्न सक्छ भन्ने प्रमाणित भयो : सिटौला

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
sitoula.JPG

काठमाडौँ। काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्चको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा निर्णय गर्न सक्छ भन्ने प्रमाणित भएको बताएका छन्।

सर्वोच्च अदालतको निर्णयले अदालतले  निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको छ, प्रधानन्यायाधीश लगायत संवैधानिक इजलासमा बस्ने सबैलाई बधाई,’ सिटौलाले भने।

उनले संसद् पुनर्स्थापनाको निर्णयबाट न्यायपालिका संविधान र लोकतन्त्रको रक्षा गर्न सक्छ र निरङ्कुशतावादी र अधिनायकवादीहरूलाई तह लगाउन सक्छ भन्ने पनि पुष्टि भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ