arrow

राजनीति बुझ्न सक्ने नेतै देखिएनन् –डा. चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि परेका १३ वटा मुद्दामा फैसला गर्दै मंगलबार सर्वोच्चले संसद ब्युँताएको हो । 

सामाजिक संजालमा उक्त फैसलालाई स्वागतयोग्य भन्दै नेता भण्डारीले आफैले बनाएको संविधानको समेत मर्म बुझ्न नेताहरुले भने नसकेको टिप्पणी गरेका छन् । 

उनले नेपालको राजनीतिमा राजनीति बुझ्न सक्ने नेतै नदेखिएको समेत उल्लेख गरेका छन् । डा. भण्डारीले नेतृत्व सङ्कटको यो पीडा निरपराध जनताले भोगिरहेको तीतो यथार्थसमेत प्रस्तुत गरेका छन् । 

उनले भोलिका दिन विकृत नबनुन् भनी कामना समेत गरेका छन् । 

यस्तो छ उनको स्टाटस, ‘सर्वोच्चको निर्णय स्वागतयोग्य छ । सांसदहरुले आफ्नो संरक्षण र सुरक्षा खोज्नु कर्तव्य हो ,कानुनको सही व्याख्या जनताको जीवन आधार हो। तथापि नेपालका नेताहरु निर्णय मान्ने नमान्नेमा विभाजित भए ,जुन दुःखद र आफैले अपनाएको प्रणालीको विपरीत थियो ।आफूले बनाएको संविधानको समेत मर्म बुझ्न उनीहरूले सकेनन्। नेपालको राजनीतिमा राजनीति बुझ्न सक्ने नेतै देखिएनन् । नेतृत्व सङ्कटको यो पीडा निरपराध जनताले भोग्दै छन् । भोलिका दिन विकृत नबनुन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ