arrow

संसद् पुनः स्थापना फैसला स्वागतयोग्य : सांसद मोहन आचार्य 

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
mohan-acharya-mp-congress.jpg

काठमाडौँ। नेपाली काँग्रेसका नेता मोहन आचार्यले संसद् पुनः स्थापनाको फैसला स्वागतयोग्य भएको बताएका छन्। नेपाली काँग्रेसबाट रसुवामा विजयी सांसद आचार्यले आज एक विज्ञप्ति जारी गरी संसद् पुनः स्थापनाले आम जनतामा अदालतप्रतिको विश्वास थप बढेर गएको बताएका छन्।

“अदालतभन्दा प्रधानमन्त्रीको कदम ठुलो हुन सक्दैन, संविधान रक्षाका लागि अदालतले चालेको कदम स्वागतयोग्य छ,”– सांसद आचार्यले भने। सर्वोच्चको फैसलाले मुलुकलाई ठुलो दुर्घटनाबाट बचाएको उनको भनाई थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटनको प्रस्ताव मन्त्रीपरिषद्मार्फत राष्ट्रपति समक्ष पेस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रस्ताव सदर गरेकी थिइन्। उक्त प्रस्तावको विपक्षमा परेको ११ रिट निवेदनको फागुन १० मा अन्तिम फैसला गरिएको हो।

उक्त फैसलासँगै अबको १३ दिनभित्र संसद् अधिवेशन बोलाउन माग गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ