arrow

निजगढ नगरपालिकाले बढायो जिप लाइन निर्माणको प्रक्रिया

logo
नवराज चौलागाईं,
प्रकाशित २०७७ फागुन १२ बुधबार
jip-line-nawayug.jpg

निजगढ ।  निजगढ नगरपालिकाले जिप लाइन निर्माण गर्नको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले वडा नम्बर ४ गणेशमान पार्कमा जिप लाइन सञ्चालन गर्नको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको छ ।

जिप लाइन स्थापना गर्नका लागि बुधवार निजगढका मेयर सुरेश कुमार खनाल सहित प्राविधिकहरूको टोलीले अनुगमन गरेको छ । मकवानपुर र बारालाई जोड्ने गरी जिप लाइन स्थापना गर्ने तयारी भइरहेको र सोको लागि मकवानपुरको बकैया गाउँपालिकासँग समन्वय भइरहेको मेयर सुरेश कुमार खनालले बताए । निजगढलाई पर्यटकीय क्षेत्र बनाउने योजना अनुरूप जिप लाइन स्थापना गर्न लागिएको मेयर खनालले बताए ।

 जिप लाइन सञ्चालन पश्चात् भारत बिहार र प्रदेश २ का पर्यटकहरूको आगमनलाई थप वृद्धि गर्न सकिने खनालको धारणा रहेको छ । करिब ३  सय मिटर भन्दा अग्लो स्थानबाट ७ सय मिटर लम्बाइको जिप लाइन सञ्चालन गर्न सकिने जिप लाइन सञ्चालन गर्नको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको कन्सल्टेन्ट कम्पनी नेपाल केबलवाईज कम्पनीका कन्सल्टेन्ट मिलन अधिकारीले बताए ।

प्राविधिक दृष्टिकोणले समेत जिप लाइन सञ्चालनको लागि उपयुक्त रहेको अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ