arrow

सुवास नेम्वाङले खोले रहस्य – प्रधानमन्त्रीले नै मानेनन् सुझाव

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
subash-nembang3.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव नमानेर संसद विघटन गरेको रहस्य खोलेका छन् । 

उनले आफूले सुझाव दिने क्रममा प्रतिनिधिसभा विघटन गर्नु उपयुक्त नहुने भनेर सम्झाए पनि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने मेरो अधिकार हो भनेर भनेपछि केही गर्न नसकिएको बताए । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा बिहीबार बिहान नेता नेम्वाङले ताजा जनादेशमा जान पाउने अधिकार भएकाले आफू ताजा जनादेशमा जाने भनेरै प्रधानमन्त्रीले संसद विघटन गरेको खुलाएका हुन् । 

नेम्वाङ प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीकै पक्षमा लागेर दुई सय प्रतिशत चुनाव हुने बताएका थिए । 

यसबारेमा उनले स्पष्ट पार्दै भने, ‘सम्मानित सर्वोच्च अदालतले फैसला गर्नुअघि एउटा नेताले अडान लिएपछि त्यसमा पछाडि हट्नु हुँदैन । त्यसै अनुसार मैले निर्णय गरेको हुँ ।’

उनले आफू सरकारले प्रतिनिधिसभा विघटन गरेपछि कुनै पनि मुद्दा सर्वोच्चमा विचाराधीन हुन्छ तब त्यो मुद्दामा एउटा कानूनको विद्यार्थी भएको नाताले केही बोल्न नमिल्ने भन्दै नबोलेको पनि स्पष्ट पारे ।  

नेता नेम्वाङले प्रधानमन्त्री ओलीले खराव नियतले प्रतिनिधिसभा विघटन नगरेकोसमेत स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी बैशाख १७ र २७ गतेलाई मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । 

त्यसविरुद्ध परेका १३ वटा मुद्दामा फैसला गर्दै गत फागुन ११ गते मंगलबार सर्वोच्च अदालतले संसद ब्युँताइदिएको थियो । 

नेम्वाङले अब सर्वोच्च अदालतको फैसलाअनुसार नै अगाडि बढ्नु पर्ने बताएका छन् । 

प्रधानमन्त्रीले पनि चाँडै राष्ट्रपतिलाई सिफारिस गरेर १३ दिनभित्रै संसद बैठक बस्ने भनेर भनिसकेको स्पष्ट पार्दै नेम्वाङले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने बारे बहसको विषय बन्न सक्छ । तर अब सम्मानित सर्वोच्च अदालतको आदेशअनुसार नै प्रधानमन्त्रीले गर्छु भन्नुभएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ