arrow

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सहज जित

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
mancity23.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । लिग न्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे ।

जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग मार्च १६ मा सिटीको मैदानमा हुनेछ ।

अर्को खेलमा स्पेनिश क्लब रियाल मड्रिडले एटलान्टालाई १–० गोल अन्तरले हराएको छ । एटलान्टाको मैदानमा बुधबार राति भएको खेलमा घरेलु टिमका रेमो फ्रेउलर १७ मिनेटमा रातो कार्ड खाएर बाहिरिएपछि १० जनामा समेटियो । 

तर त्यसको फाइदा उठाउन रियाल मड्रिडलाई निकै कठिन भयो । ८६ औं मिनेटमा फर्लान्ड मेन्डीले गोल गर्दै रियाललाई जिताए । 

अब दोस्रो लेग मार्च १६ मा रियालको मैदानमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ