arrow

कांग्रेसले नविन विचारसहित देशको नेतृत्व गर्नुपर्छ – डा. चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कांग्रेसले अबको सरकारको नेतृत्व लिनुपर्नेमा जोड दिएका छन् । सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिएको भए पनि निकासबाट पन्छिन नहुने उनको तर्क छ । 

उनले यो समय कांग्रेस पार्टीको महाधिवेशनमा  लाग्ने बेला भएको स्मरण गराउँदै विचारको आधारमा संगठित भएकाहरु एक ठाउँमा उभिनु आवश्यक रहेको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘वर्तमान चुनौतीहरुको सामना गर्न देशको नेतृत्वको लागि कम्मर कसेका नेताहरु साना गुट र उपगुट भन्दामाथि उठ्नु पर्दछ त्यसपछि मात्र देशको नेतृत्व चुस्त हुन सक्दछ ।’

डा. भण्डारीले अगाडि लेखेका छन्, ‘हामी घेरै एक ठाउँ छौ एक ठाउमा उभिन्छौं भन्ने कुराको विश्वास पार्टीका साथीहरु र जनतालाई दिन सक्नु पर्दछ । सबैको एउटै लक्ष्य समान अवसर र न्याय ! नेपालमै अवसरको संकल्प ।’

उनले देश र जनता भन्दा ठूलो कोही हुँदैन भन्ने भावना राख्न आग्रह गर्दै भनेका छन्, ‘आफ्नो गौरवपूर्ण इतिहासको सम्मान गर्दै नेपाली काग्रेसले नविन विचारसहित देशको नेतृत्व गर्नु पर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ