arrow

दिल्लीबाट बाबुरामको सन्देश

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
baburam-bhattarai-birami.jpg

काठमाडौं । बिरामी भई भारतको नयाँ दिल्लीमा उपचाररत जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशकै चिन्ता गरेका छन् । 

उपचाररत रहिरहँदा पनि उनले देशको चिन्ता गर्दै ट्वीटरमार्फत बिहीबार बिहान सर्वोच्च अदालतपछि राजनीति पुनः दल–नेताको कोर्टमा पुगेको उल्लेख गर्दै कुर्सीको खेल शुरु भएकोमा चिन्ता व्यक्त गरेका हुन् । 

उनले घरज्वाइलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल शुरु हुने खतरा छ भन्दै चिन्ता गरेका छन् । 

यो खेलका क्रममा टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको श्रृंखला चल्न सक्ने भन्दै सचेत गराएका छन् । 

उनले ‘देशको आवश्यकता र जनताको चाहना दल–नेताले पाठ सिकुन्’ भन्ने रहेको सम्झाएका छन् । अन्त्यमा उनले आफ्नो ट्वीटरमा जनताले नेताहरुले नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने भएको बताउँदै भनेका छन्, ‘चेतना भया’ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ