arrow

प्रचण्डलाई भेट्न खुमलटार पुगेका वामदेवले भने: ओलीलाई बिदा गरौं, पार्टी एकता अघि बढाऔं

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
bamdev-news-a.jpg

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि तटस्थ रहेका नेकपा उपाध्यक्ष वामदेव गौतमले भेटघाटलाई तिब्रता दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र नेकपाको बैठक बोलाउन सुझाव दिएका गौतमले विहीबार खुमलटार पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

विहान सात बजे नै खुमलटार पुगेका गौतमले प्रचण्डसँग करिब एक घन्टा वार्ता गरेका छन् । गौतमले ओलीलाई सम्मानजनक ढंगले बहिर्गमन गराउन र  नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेको बुझिएको छ । उनले पार्टी एकताका लागि पहल गर्न पनि सुझाएको बताइएको छ ।

बुधबार विहान  प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनुपर्ने र अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन माग गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ