arrow

सरकारमा जाने विषयमा प्रचण्ड–नेपाल पक्ष र जसपाबीच वार्ता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १३ बिहिबार
janata-samajwadi-party.jpg

काठमाडौँ। नयाँ सत्ता समीकरण निर्माण गर्ने विषयमा कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेको छ। बिहीबार बिहान नेकपाको पार्टी कार्यालय पेरिस डाँडामा भएको  छलफलमा प्रचण्ड—नेपाल पक्ष खेमाका पुष्पकमल दाहाल र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग कुराकानी गरेको थिए।

कुराकानी सकारात्मक भएको जसपाका नेता डा.सुरेन्द्र झाले बताए। उनको अनुसार कुराकानीमा ठाकुरले भने, ‘पहिले तपाईँहरूले आफ्नो लाइन प्रष्ट्र पार्नुहोस्। नेकपाको बारेमा निर्वाचन आयोगले अहिले पनि केही बोलेको छैन।’ कुराकानीमा ठाकुरले मधेस एजेन्डालाई आफूहरूले प्राथमिकता दिएको बताएका  थिए। संवाद र कुराकानी अघि बढाउँदै जाने सहमति भएको  पनि झाले बताए। ‘संवाद र छलफल फेरि हुने छ ’उनले भने‘ आज (बिहीबार बिहान)को वार्ता सकारात्मक छ।’ सर्वोच्च अदालतको फैसला पछि जसपा उत्साहित भएको छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन्। ती मध्ये दुई जना सांसद हरिनारायण रौनियार र रेसम चौधरी हाल निलम्बित भएका छन्।

सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट बुधवार जसपाका शीर्ष नेताहरूले आन्तरिक छलफल गरेका थिए। छलफलमा ओली सरकार ढले पछि नयाँ बन्ने सरकारमा आफूहरू जान सक्ने निष्कर्ष पार्टीका नेताहरूले निकालेका छन्। जसपाका एक नेता भन्छन्, ‘नेकपा (प्रचण्ड—नेपाल)पक्षसँग मिलेर सरकारमा जाने पहिलो विकल्प हो। यो सम्भावना सबैभन्दा बलियो पनि छ। ’ती नेता भन्छन्, अहिले प्रचण्ड—नेपाल पक्षसँग एक सय ५ जना सांसद भएको अनुमान गरिएको छ। हामीसँग ३२ जना छन्। एक सय ५ र ३२ जना सांसद जोड्दा एक सय ३७ सिट पुग्छ,जुन सरकार बनाउन पर्याप्त सङ्ख्या हो।’

प्रचण्ड—नेपाल पक्ष, नेपाली काँग्रेस र जसपा मिलेर संयुक्त सरकार बन्ने दोस्रो विकल्प पनि कायम रहेको उनको विश्लेषण छ। उनको विश्लेषणमा तेस्रो विकल्पमा प्रचण्ड—नेपाल पक्ष र नेपाली काँग्रेस मात्र मिलेर पनि सरकार बन्ने सम्भावना छ। ‘तर यस्तो सरकारले मधेसको मुद्दालाई सम्बोधन गर्न सक्दैन’ ती नेता भन्छन्। मधेसलाई समेट्न जसपालाई सरकारमा लैजानु पर्ने बाध्यता प्रचण्ड—नेपाल खेमालाई आउन सक्ने ती नेताको विश्लेषण छ। ‘तर यतीखेर जसपा सरकारमा जाने सम्भावना बलियो छ’ ती नेता भन्छन्।

तत्कालीन समाजवादी पार्टी करिब १७ महिना वर्तमान केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो। सत्तारुढ दलसँग खटपट भए पछि तत्कालीन समाजवादीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले राजीनामा गरेका थिए। सरकारबाट बाहिरिनु अघि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अपमान गरेका थिए।

त्यस यता प्रधानमन्त्री केपी शर्मा ओलीसँग यादवको सम्बन्ध चिसिएको छ। यादव निकट नेताका अनुसार ओली सरकार ढल्ने निश्चित भए पछि नयाँ बन्ने सरकारमा पार्टी सहभागी हुनु पर्छ भन्ने मत पार्टीभित्र बढ्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ