arrow

जंगलको आगो निभाउँदा गम्भीर घाइते भएका भुलको मृत्यु

logo
प्रकाश बम, 
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
fire-killed-bhool.jpg

डोटी । आगलागीमा परेर गम्भीर घाइते भएका शिखर नगर पालिका –७ का लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ ।
सोही नगर पालिका–७ को शिल्या खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार साँझ अन्दाजी ६५ वर्षीय भुल गम्भीर घाइते भएका  थिए ।  

स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएका भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा जलेको अवस्थामा अस्पतालमा पुर्याइएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले हाम्राकुरालाई जानकारी दिए । 

मृतक भुललाई  पोस्टमार्टमका लागि  जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरी  प्रहरी नायव उपरीक्षक मल्लले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ