arrow

अब ‘भ्याक्सिन पासपोर्ट’

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
corona-vaccine4.jpg

काठमाडौं । ग्रीस र अस्ट्रियाले युरोपेली संघ (ईयू) का अन्य सदस्य राष्ट्रलाई कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् ‘खोप राहदानी’ स्वीकार्न आह्वान गरेका छन् । दुवै देशले त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने तर्क गरेका छन् ।

ती देशहरुले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव राखेको बीबीसीले लेखेको छ । 

उनीहरुका प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि विना रोकतोक घुम्न पाउनेछन् । ईयूका नेताहरुबीच भएको एउटा भर्चुअल छलफलमा उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो ।

तर ‘भ्याक्सिन पासपोर्ट’ लाई उक्त संगठनका केही देशहरुको विरोधको सामना गर्नुपरेको छ । फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन् ।

उनीहरुको तर्कमा खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरुलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे आएका विवरणहरू पूर्ण छैनन् ।

त्यस्तै कतिपयले त्यस्तो राहदानीले सीमित व्यक्तिलाई मात्र विदेश यात्रा गर्न दिने भएकाले भेदभावपूर्ण हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ